गजल : दलालले सम्मान पाउँछ मेरो देशमा

– नविन बस्याल
दलालले सम्मान पाउँछ मेरो देशमा
विदेशीले धाक जमाउँछ मेरो देशमा ।
नदी र नाला देशको अस्मिता चढाएर
नेताले कर्तव्य निभाउँछ मेरो देशमा ।
भ्रष्टाचार, शोषण–दमनको घेराभित्र
विकासका कुरा हराउँछ मेरो देशमा ।
एनसेएलले कुनै कर तिर्नै पर्दैन
गरिबसँग कर उठाउँछ मेरो देशमा ।
सिमाना मिच्दा मौन बसेर सरकारले
हो छिमेकीलाई सघाउँछ मेरो देशमा ।
प्युठान (हाल जापान)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार