धर्म सुनार प्युठानी
रोहतक । मृत्यु भएको एक महिना पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिको दबावमा भारती कुमालको आफन्तजनलाई न्यायको पक्षमा केश दर्ज भएको छ । मूल प्रवाहको दबाव पछि स्थानीय पुलीसले केश दर्ज गरेको हो । नगर समितिका कावा अध्यक्ष सुभाष गौतमले हामीलाई दिएको जानकारी अनुसार भारती कुमालका आफन्तलाई न्यायका लागि संघर्ष अगाडि बढाइने भएको छ ।
लाल बहादुर कुमाल र विष्णु कुमाल की छोरी वर्ष १६ की भारती कुमालको २२ फरवरीका दिन शंकास्पद रुपमा निधन भएको थियो । घटनाको दिन काममा आमालाई सघाउन गएकी भारतीलाई मालिकले घरमा दश हजार रुपैयाँ राखेकोबाट दुई हजार कम भएको र त्यो रकमको चोरीको आरोपमा धम्काउँदै पुलिस चौकीमा खबर गरेर पिटाउने, डर धम्कीसम्मको कार्य गरेका थिए । मानसिक प्रताडनाको शिकार भएकी भारती कुमालले आफ्नो कोठामा प’गेर आत्महत्या गरेकी मृतकका परिवारले बताए ।
घटनाको तुरुन्त जानकारी पाए लगत्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकका अध्यक्ष सुभाष गौतम, विक्की परियार, सिता परियार, खेमबहादुर कुमाल, गणेश शर्मा र धर्म सुनार सहितको टोली निरंतर भारतीलाई न्याय दिलाउन विभिन्न निकायहरूमा पुगेर ज्ञापन पत्र दिने र न्यायको माग गर्दै आएको थियो ।
त्यसै दौरानमा १३ मार्चका दिन पुलीस सुप्रिटेन्ड, १७ माचमा आई.जी. रोहतक र आई.जी.को आस्वासन र सुझावमा २२ मार्चमा डिएसपीलाई भेट गरि न्याय दिलाउन माग गरेको थियो । मूल प्रवाहको पहलमा २३ मार्चका दिन पुरानी सब्जी मण्डी थानामा आत्माहत्याको प्रेरित गर्ने विरूद्ध एफआईआर (पुलीस केस) दर्ज गरिएको हो ।
स्मरण रहोस, स्थानिय थानाको घर मालिक माथि रिपोर्ट गर्न मानिरहेको थिएन र उल्टै पिडीतलाई गाली गलौज र हप्की गर्ने एवं कागजातमा हस्ताक्षर गर्न लगाएर ॅआफ्नो काम गर, तिम्रो छोरी आफै मरेको हो, पुलीसको समय खेर नगर ।’ भन्दै रिपोट लेख्न मानिरहेको थिएन ।
रिपोट दर्ज भए पछि निस्पक्ष छानबिन हुने र भारती कुमालले न्याय पाउने आशा पलाएको पिडितका बुबा- आमाले एकता समाजलाई धन्यवाद दिएका छन् ।
पर्वत जिल्ला, कुमाल गाउँ निवासी लाल बहादुर कुमाल आफ्नो परिवार सहित बाबरा मोहल्ला रोहतक हरियाणामा बसोबास गर्दै आएका थिए । आमा बिष्णु कुमालले घरेलु कामदारको रूपमा काम गर्ने र आफ्नी छोरीलाई पनि सहयोगीको रुपमा साथमा लिएर जाने गर्दै आएकी थिइन् ।