मूल प्रवाहको गोरखपुर नगर समिति पूनर्गठन

रामबहादुर गुरुङ्ग

गोरखपुर, 26 मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गोरखपुर नगर संगठन समितिको आयोजनामा भेला सम्पन्न भयो । भेलामा प्रमुख अतिथी केन्द्रीय सदस्य भिमबहादुर थापाको विषेश उपस्थिति रहेको थियो ।

भेलाले गोरखपुर नगर समिति पूनर्गठन गरि रामबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नगर समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष- रोसन गुरुङ, सचिव- बमबहादुर गुरुङ, सहसचिव- बुद्धिमान गुरुङ, कोषाध्यक्ष- टेकबहादुर गुरुङ, सदस्यहरूमा क्रमशः बिशाल लामा, मधु थापा, मानबहादुर गुरुङ, सबिता गुरुङ, बैकल्पीक सदस्यमा सुमन गुरुङ, पुणर्िमा गुरुङ र रामसरन सापकोटा रहनुभएको छ । त्यस्तै भेलाद्धारा दिलबहादुर गुरुङ र दुइ सल्लाहरहरू पछि पुर्ती गर्ने गरि स्थान रिक्त राखिएको छ ।

भेलामा प्रमुख अतिथी केन्द्रीय सदस्य भिम बहादुर थापाले प्रवासी नेपालीहरूको समस्या र एकता समाजले खेलेको भुमिकाबारे विचार राख्दै मूल प्रवाहले भारतमा नेपालीहरूको हक-हित र उत्थानको लागि काम गर्दै नेपालीहरू माथी आईपर्ने विभिन्न प्रकारका समस्याको समाधान गर्ने मात्र नभई, नेपालको राजनैतिक आन्दोलनमा समेत सहयोग र समर्थन गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा राम बहादुर गुरुङले पनि मन्तव्य दिनुभएको थियो । गुरुङले समितिका सबै सदस्यहरूले सकृय रूपमा गोरखपुरमा बस्ने नेपालीहरूलाई संगठित गर्ने एवं नेपालीहरू माथी आईपरेका समस्याहरूलाई समाधन गर्ने प्रतिवद्धता प्रकट गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार