
फरीदावाद, ३ अप्रेल । नेपाल घर कावासोती नगरपालिका ३ नवलपरासी नेपाल, निवासी हाल मकान नं २४१० सेक्टर २७ चण्डीगढमा बस्नु हुने श्याम प्रसाद गौतम लामो समयदेखि फरीदाबादस्थित एशियन हस्पिटलमा उपचार चलिरहेको थियो । वहाँको नियमित जाँचको लागि ३० मार्च २०२३ का दिन हस्पिटलमा भर्ना गरिएको थियो । आकस्मिक वहाँको स्वस्थ्य खराब भई २ अप्रेल २०२३ का दिन दुःखद निधन भएकोल अंतिम समयमा हस्पिटलले कोरोना पोजिटिभ भएको पनि बताएको थियो ।
आफन्तजन नभएकाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई जानकारी आए पछि नगर समितिका कार्यकर्ताहरुले सहयोग गर्दै अन्तिम संस्कार गरिएको छ ।
वहाँका एक मात्र छोरा दुई-छोरीहरू, वहाँकी श्रीमती, वहाँका जवाई, आफन्तजन र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिका अध्यक्ष बाबुराम विष्ट, उपसचिव विष्णु बिसी, नुमानन्द भुसाल, हिम्मत बस्नेत, तारा सोमरे, अर्जुन थापा, प्रकाश परियार, रत्न प्रसाद सुवेदी, मदन धामी, प्रकाश बोहोरा लगायत साथीहरुको सहयोगमा गरियो । करिब एक वर्ष पहिला वहाँको मृगौला प्रत्यारोपण यही हस्पिटलमा गरिएको थियो ।
















