प्रवासी नेपाली संघ, भारत परित्याग गरि मूल प्रवाहमा प्रवेश

दिल्ली । अशोक वस्नेत र शंकर बस्नेत मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ । वहाँहरु दुबै जना करिब २२ वर्षदेखि प्रवासी नेपाली संघ, भारतमा कार्यरत हुनुहुन्थ्यो । २० मार्च २०२३ का दिन एक वक्तव्य जारि गरि वहाँहरुले प्रवासी नेपाली संघ, भारत प्रत्याग गर्नुभएको हो ।

वहाँहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य चक्रसिंह केसीले समाजको सदस्यता प्रमाण पत्र हस्तान्तरण गरि संगठनमा प्रवेश गराउनु भएको छ । वहाँहरु दुबै जनालाई संगठनको स्थानीय समितिमा अवद्ध गर्ने केसीले हामीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार