जयपुर उत्तर एवं दक्षिणद्वारा दसौं पश्चिमोत्तर क्षेत्रीय सम्मेलनको सन्देश सभा

जयपुर। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणले हालै सम्पन्न दसौं पश्चिमोत्तर क्षेत्रीय सम्मेलनको सन्देश सभा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य बेलबहादुर रजालीले बाजा बजाएर या शहनाई फुकेर हाम्रो समस्याको समाधान नहुने बताउँदै त्यसको लागि बहुसंख्यक जनताको सचेतनापूर्ण आन्दोलनको माध्यमबाट मात्र शोषण दमनबाट मुक्ति सम्भव छ भन्नु भयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि संघ संस्था या पार्टी सानो हुँदैमा नराम्रो वा ठूलो हुँदैमा राम्रो भन्ने हुँदैन । बरु त्यो पार्टी या संस्था कत्तिको बलियो वैचारिक धरातलमा उभिएको छ, त्यसको लक्ष्य नीति कार्यक्रम के हो यी सबै चीजको ठोस मूल्याकंन गरेर मात्र सही र गलतको पहिचान गर्नु पर्छ ।’

कार्यक्रमलाई मूल प्रवाह क्षेत्रीय सदस्य रिम राना, केन्द्रीय खेल विभागका टंक थापा, केन्द्रीय जनजाति विभागका ओम थापा, केन्द्रीय परिषद सदस्य पेमा थापा (दीपं), क्षेत्रीय सदस्य रामप्रकाश शर्मा, क्षेत्रीय महिला विभागबाट हुमा रजाली, कल्पना थापा, माया थापाले पनि सो सन्देश सभामा आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम दीपक थापाको सन्चालन, मंगल सिंह खड्काको अध्यक्षता र नारायण पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।

मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समितिको दसौं सम्मेलन २२ र २३ अप्रेल २०२३ मा सम्पन्न भएको थियो । सो सम्मेलनको सम्पूर्ण नगरहरुमा सन्देश सभा गर्ने निर्णय अनुसार सो सन्देश सभा कार्यक्रम आयोजित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार