खारिएको सुन

  • विष्णु शर्मा (पाण्डेचरी)

तिमी आकारमा साना भए पनि
तिमीलाई जनादेशले अस्विकार गरेपनि।
हामीलाई तिमी देखि गर्भ लाग्छ
बिस्वास छ देशले एकदिन तिमीलाई नै माग्छ।।

तिम्रो विश्लेषण कयिल्यै गलत भएन
ठुला आकार भएका संग सहि विश्लेषण रहेन।
त्यसैलेत देश बिदेशीको चंगुलमा फसीसक्यो
साम्राज्यवाद असली रुप उदाङ्गो पार्दै देशमा पसिसक्यो।।

राष्ट्रियताको सौदाबाजीमा तिमी भारु रुपैया रोजेनौ
सरकारमा सामेल हुदा अधिकार युक्त सुबिधाहरु खोजेनौ।
न त तिमी डलर देख्दा लालाहित हुन्छौं
नत मन्त्री बनाइदेेउ भन्दै सेटिङ गर्न पुग्छौं ।।

तिमी कसैका धम्की देखि डराएनौ
माओवादीक‍ो जनयुद्ध कालमा गाउदेखि हराएनौ।
न त सुराकी गर्यौ नत खुराकी नै दियौ
गाउगाउमा जनताको तागत तिमी मात्र थियौ ।।

तिमी डराउदैनौ दुधलाइ दूध पानीलाई पानी भन्न
चाहे किन नपरोस् सबैसँग एक्लो बन्न।
हट्दैनौ पछि चौतर्फी बिरोध आएपनि
बिषयमा अडिक रहन्छौ दुनियाले जति आरोप लाए पनि।।

तिमी अति मिहिनेत गरेर खारेको सुन हौ
कठाङ्गिने जाडोलाइ तातो बनाउने उन हौ।
गरिखाने बर्गको पक्षपाती भरपाइ हौ
दुष्मनको हातबाट देश शुरक्षित राख्ने सिपाइ हौ

तिमी सदा भ्रष्टाचारको बिरोध गर्न छोडेनौ
सरकारमा गएपनि गलत हुदा मुकदर्शक बनेनौ।
यसैले त तिम्रो पहिचान छुट्टै छ
ढिलो चाडो तिम्रो पक्षमा जनमानस जुट्दै छ।।

तिमी देश र जनताको प्रतिनिधि जनमोर्चा हौ
तिम्रा निति र कार्यक्रम पुर्याउनु पर्छ गाउँ गाउँ।
लालायित हुनेेछन् जनता तिम्रो कार्यक्रम देखि
देश बेचुवा र भ्रष्टाचारहरुका झर्नेछन् सेखी।।
।समाप्त ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार