जयपुरमा मूल प्रवाहको टोल पुनर्गठन

जयपुर। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको जयपुरमा टोल भेला सम्पन्न भएको छ । एकता समाज जयपुर उत्तर अन्तर्गत शास्त्री नगर र टाटा नगरको टोल समितिको भेला सम्पन्न भएको हो ।

केन्द्रीय सदस्य मोहन गिरी र पश्चिमोत्तर क्षेत्रीय समितिका मंगल सिंह खडकाको विशेष उपस्थितिमा शास्त्री नगर र टाटा नगर टोल समितिको भेला गरी समिति पुनर्गठन गरिएकोछ।

समितिको अध्यक्ष बोलबहादुर थापा, सचिव प्रकाश गुरुङ, कोषाध्यक्षमा मेन कुमारी गुरुङ रहनु भएको छ । सदस्यहरुमा गज बहादुर, दीपा गुरुङ, अमर बहादुर, तुलसी, मिलन, मीना कुमारी, हुमेश, मन बहादुर हुनुहुन्छ ।

त्यसैगरी सल्लाहकारमा अर्जुन, पूनम, दुर्गा र अस्मिता रहनु भएकोछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार