गजल : गुहार मागेपछि देश जोगिन्छ

सुरेशकुमार पाण्डे

जनता देशको हितमा जागेपछि देश जोगिन्छ,
बिदेशका सबै दलाल भागेपछि देश जोगिन्छ ।

साम्राज्यावादकै अखडा बन्न थालेको बेलामा,
देशभक्तहरु बिरोधमा लागे पछि देश जोगिन्छ ।

दुष्टले हिमालसम्म कुनियत पुराएको अबस्था,
देशद्रोहीहरु टुडिखेल मै टागेपछि देश जोगिन्छ ।

जनता आफ्नो देशलाई जोगाउँनु छ भनि अब,
जनआन्दोलनले सिमा नागे पछि देश जोगिन्छ ।

बिदेशको चल खेल बढेको बेला देशभित्र सबै,
बिषालु बृक्षलाई छिट्टै छागेपछि देश जोगिन्छ ।

काम नचल्ने भयो सानो तिनो शक्तिले अब त,
देश बिदेशबाट नै गुहार मागेपछि देश जोगिन्छ ।
२३ जनवरी २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार