मूल प्रवाह आगराद्वारा विरोध सभा सम्पन्न

राजकमल दत्त

आगरा, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति आगराको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।

विवादित एवं राष्ट्रघाती नागरिकता विधेयक राष्ट्रपतिद्धारा हस्ताक्षर गराई प्रमाणिकरण गरेका छन् । यस कार्यकार्यको विरोध गर्दै भारत व्यापी विरोध भइरहको परिस्थितिमा आगरा नगर समितिले पनि विरोध कार्यक्रम सम्पन्न गरेको हो । विरोध सभामा कपिलवस्तु र लुम्बिनीलाई पनि भारतको नव-उद्घाटित संसद भवनमा राखिएको “अखण्ड भारत” भन्ने मानचित्रमा दर्शाएकोप्रति पनि विरोध जनाइएको थियो ।

नगर सचिव लाखन परियारको सञ्चालनमा अगाडि बढेको सो उक्त कार्यक्रममा पूरन चंद सुनार, दीननाथ थापा, राजकमल दुतराज, कालुराम उदाले, पूनाराम सुनार, छविलाल सुनार, लुत्र विश्वकर्मा, वीरू सुनार लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार