पूर्वी भारतमा मूल प्रवाहद्धारा विरोध सभा सम्पन्न

पूर्वी भारत, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वी भारत क्षेत्रीय समितिको आयोजनामा विरोध सभा सम्पन्न पारिएको छ ।

राष्ट्रघाती नागरिकता विधेयक खारेज गर भन्ने मूल नारा अन्तर्गत सम्पन्न सो सभामा लुम्बिनी तथा कपिलवस्तुलाई साम्राज्यबादले आफ्नो नक्शामा पार्ने कार्यभएको छ त्यसप्रति विरोध जनाइएको थियो ।

विरुद्धमा विरोध सभा क्षेत्रीय अध्यक्ष हेम कुमार थापाको अध्यक्षता र लक्ष्मण राणाको सञ्चालनबाट अगाडि बढेको थियो ।  कार्यक्रममा केन्द्रीय प्रतिनिधी सम्बार माझी, गिरीराज परीयारको आतित्थ्यता ग्रहण पछि शहीदहरुप्रति एक मिनट मौनधारण पश्चात उपथित जनमालाई शिव कुमार सुतारले गहकिला शब्दमा स्वागत गर्नुभएको थियो ।

आफ्नो बिचार राख्नु हुनेमा कटकबाट बिष्णु श्रीनेत, जाजपुरबाट जापान सिंह थापा, भुवनेश्वरबाट कृष्ण गौतम, महिलाबाट कौशल्या परियार लगायतले मन्तव्य दिनुभएको थियो ।

केन्द्रीय प्रतिनिधि सम्बर माझी र केन्द्रीय सदस्य गिरीराज परियारले सम्बोधन गर्दै राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको पक्षमा भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले मात्रै संघर्षरत रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार