रेवाडी, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रेवाडीले रोटरी क्लब रेवाडी रायल्सको तर्फदेखी नेपाली दिव्यांग व्यक्तिलाई व्हीलचेयर प्रदान गरिएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य ज्ञान प्रसादको विशेष उपस्थिति, नगर समिति उपाध्यक्ष विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल र भारत बीच चली रहेको राजनीतिक गतिविधिहरूप्रति चर्चा गरियो । त्यस दौरान रोटरी क्लब रेवाडी रायल्सको तर्फ जरूरतमन्दहरूको लागि वर्षभरी चलाएको कार्यक्रमको समिक्षा रिपोर्ट प्रस्तुत भयो ।
केन्द्रीय सदस्य ज्ञान प्रसाद शर्माले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मातहतमा हुने राजनीतिक र सामाजिक गतिविधिहरू बारे प्रकाश पार्नु भयो । उहाँले नेपाली नागरिकहरूको हक र अधिकार तथा रोजगारीको दौरान आइपर्ने समस्याहरूको समाधान गराउनुमा संगठनले निभाएको भूमिकाबारे विस्तारपूर्वक संबोधन गर्नु भयो ।
सडक दूर्घटनामा एउटा खुट्टो गुमाउनु परेको नेपालको चितवन निवासी सुरेश कुमारलाई उपचार र उद्धारको जिम्मा संगठनको माध्यमबाट निभाएको जिम्मेदारीबारे जानकारी दिनुभयो । उल्लेखनीय छ कि सुरेशकुमारको तीन साल पहिला सडक दुर्घटनामा एउटा खुट्टा काटिएको र लावारिस स्थितिमा रोहतकको पीजीआईमा पठाए पछि वहाँका चिकित्सकहरूको लापरवाहीले उनको खुट्टाको घाऊमा कीरापरेको अवस्थामा मूल प्रवाहका साथीहरूको संज्ञानमा आएपछि नयाँ सिराबाट उपचार गराउने काम भयो ।
घटनाको दौरानमा उनकी १२ वर्षीय छोरी पनि थिन् । उनलाई उद्दार गरी रेवाडीको धारूहेडामा सरकारी अनाथआश्रममा पठाइएको थियो । अहिले छोरी वहाँ बसेर पढाई गर्दै छन् । बाउ सुरेश कुमारले मन्दिरको बाहिर बसेर भीखमांगने काम गरिरहेका छन् । अब व्हीलचेयर उपलब्धगराए पछि उनी खुशी भएका छन् । रोटरी क्लब रेवाडी रायल्ससँग अनुरोध गरेर व्हीलचेयर उपलब्ध गराइएको हो ।
कार्यक्रमको दौरान नगर सिमिति कोषाध्यक्ष जोगबहादुर आले, सदस्य प्रेम अधिकारी, वीरू पुन, महिला विभाग की संयोजक शान्ति घिमिरे, हिमलाल अधिकारी र अन्य स्थानीय नागरिकहरूको उपस्थिति थियो ।