राजकमल दत्त
आगरा, ११ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति आगराद्धारा सञ्चालित खन्दारी एरिया समितिको पहलमा एक अलपत्र महिलालाई आर्थिक सहयोग गरिएको छ । दाङ देउखुरी निवासी मंगले सुनारकी धर्मपत्नी देवी सुनारलाई एरिया समिति खन्दारीको पहलमा आर्थिक संकलन गरि सहयोग गरिएको हो ।
रोजगारको क्रममा जयपुरमा आफ्ना तीन बच्चाहरु सहित रहदैँ आएका मंगलेले कुनै अन्य महिलालाई लिएर लापत्ता भए पछि पीडित बनेकी देवी सुनार र बच्चाहरु आगरामा रहेका नातेदारकोमा रहँदै आएका थिए । उनीहरुलाई स्वदेश फर्किनका लागि आर्थिक संकट परेकाले खन्दारी एरिया समितिमा पर्न आएको निवेदन माथि छानविन गरि नगर अध्यक्ष मिठू केसीको अगुवाईमा आर्थिक संकलन गरि स्वदेश पुग्न बाटा खर्च र गाडी भाडाको लागि रु. ५ हजार ६ सय (पांच हजार छ सय भा.रु.) हस्तान्त्रण गरिएको छ।