बागलुङमा १६ जनवर्गीय संगठनको संयुक्त कार्यशाला सुरु

तिलक थापा,

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा जनवर्गीय संगठनकोहरुको जिल्ला स्तरीय दुईदिने संयुक्त कार्यशाला सुरु भएको छ । शुक्रबार बागलुङ बजारमा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले मैनबत्ती बालेर कार्यशालाको उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले पार्टीको नीति कार्यक्रम जनताको माझमा लैजाँदै ग्रामीण वर्ग संघर्षको उत्थान गर्न जनवर्गीय संगठन मजबुत हुनुपर्ने बताउनुभयो । कार्यकर्तालाई थप जुझारु हुन आव्हान गर्दै अधिकारीले सत्ता सञ्चालकहरु राष्ट्रियता र जनताको स्वार्थ भन्दा सत्ताका लागि आत्म समर्पण गर्ने प्रबृत्तिका कारण बिदेश चलखेल बढी रहेको छ । यहि चलखेलका कारण राष्ट्रियता माथि गम्भीर खतरा उत्पन्न भई रहेको अवस्थामा राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वाधीनताको अभियान सञ्चालन गरेको अधिकारीको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल नेपाल बुद्दिजीवी संघका केन्द्रीय उपाध्यक्ष काजीगाउँले श्रेष्ठ, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य बिष्णु अधिकारी, प्रगतिशिल पत्रकार संघ बागलुङका अध्यक्ष राम सुबेदी, अखिल (छैठौं) बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, जातीय समता समाजका जिल्ला अध्यक्ष नर बहादुर सुनार, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष दान ब थापा, अखिल नेपाल राष्ट्रिय उधोग ब्यापार संघका केन्द्रीय सदस्य थानेश्वर सुबेदी, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत ढकाल, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष नेत्र बुढाथोकी लगायतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डेको अध्यक्षता र परिषद् सदस्य तिलक थापाको सञ्चालन तथा जिल्ला उपाध्यक्ष धर्म बहादुर कुँवरको स्वागत मन्तव्यमा अघि बढेको थियो । भोली माघ ११ गतेसम्म चल्ने कार्यक्रममा जिल्लाका १६ वटा जनवर्गीय संगठनका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार