गजल : जिम्मेवार छ

सुरेशकुमार पाण्डे

समाज छियाछिया हुनु जात पनि जिम्मेवार छ,
गरिबीसँगै दुःखको ठुलो खात पनि जिम्मेवार छ ।

छुवाछुत अनाबस्याक नै हो आजको यो युगमा,
जातीय बिभेदको आज बातपनि जिम्मेवार छ ।

बाहुँन क्षेत्री मात्रै छैनन् जिम्मेवार उपजात पनि,
सबै छुवाछुतलाई दिने सात पनि जिम्मेदार छ ।

भन्छन दक्षिणा लिनेहरु दोशी हुन्छन् देशभरी नै,
तर कसैले देख्दैन दिने ति हात पनि जिम्मेदार छ ।

अत्याचार सहने पनि ता उत्तिकै दोशी हुन्छ मित्र,
जसले भन्छ दिनलाई नि रात पनि जिम्मेवार छ ।

यहाँ शोसक नभयर धनमान बन्दैन देश बिदेश मै,
त्यहि दौलत वाला बर्गिय मात पनि जिम्मेवार छ ।
२४ जनवरी २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार