सापकोटा सभामुख बन्न मिल्दैन : मसाल

माघ ११, काठमाडौं । ने.क.पा. (मसाल)को आजै बसेको केन्द्रीय कार्यालयको बैठकले अग्नीप्रसाद सापकोटालाई सभामुख बनाउने नेकपाको प्रस्तावलाई गलत मानेको छ र त्यसको विरोध गर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारि विज्ञप्तीमा सापकोटामाथि ज्यानसम्बन्धी मुद्दाको आरोप छ, सत्ताको दवावका कारणले नै उनीमाथिको त्यो आरोपको उजुरी समेतलाई प्रहरीले दर्ता गरेको भन्दै त्यो गम्भीर प्रकारको कानुन उल्लंघन उल्लेख छ ।

सिंहले विज्ञप्तीमा भन्नु भएको छ– “उक्त विषयमा सर्वोच्च अदालतले समेत त्यससम्बन्धी उजुरीलाई दर्ता गरेर मुद्दा चलाउन आदेश दिएको छ । तर सर्वोच्चको त्यो आदेशको पनि पालन भएको छैन ।” त्यसरी सर्वोच्चमा परेको रिटको पेसी बारम्बार सरेर त्यससम्बन्धी न्यायोचित कारवाहीलाई पनि अवरुद्ध गर्ने काम गरिएको समेत विज्ञप्तीमा मसालले जनाएको छ ।

त्यसप्रकारको पृष्ठभूमिमा अग्नीप्रसाद सापकोटालाई सभामुखको पदमा निवार्चित गर्ने कार्य गम्भीर प्रकारले गलत र पार्टीले त्यसको विरोध गर्ने समेत मसालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार