फुटपरस्तसँगको सम्बन्ध तोडेर मूलघरमै फर्किए खड्का

नेपालगञ्ज । राष्ट्रिय जनमोर्चाका पुराना कार्यकर्ता लोकबहादुर खड्का आफ्नै मूल घर राजमोमा फर्किनुभएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ का खड्का केही समयअघि फुटपरस्तहरुको भ्रममा परी सो समूहमा सामेल हुनुभएको थियो । बुधबार एक विज्ञप्ति प्रकाशित गरी फुटपरस्त तत्वसँग आफ्नो संलग्ता त्यागेको जानकारी दिनुभएको छ ।

खड्काद्वारा जारी विज्ञप्तिमा ‘भ्रमबस फुटपरस्त गतिविधिसँग सम्बन्धित संगठनमा संलग्न भएकोमा हाल आएर देश, जनता र जनजीविकाको हकमा एक असल र क्रान्तिकारी उद्देश्यमा अडिग रहेको मेरो पुरानो पार्टी राष्ट्रिय जनमोर्चा रहेको ठहर गर्दै फुटपरस्तहरुसँगको संलग्नता परित्याग गरी आजदेखि राष्ट्रिय जनमोर्चामै प्रतिवद्धताका साथ सक्रिय रहने प्रण गर्दछु’ भन्नुभएको छ ।

साथै भ्रमबस राजमो छोडेका व्यक्तिहरुलाई मूलघरमै फर्कन पनि उहाँले आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार