राष्ट्रिय जनमोर्चा धनगढीको भेला सम्पन्न

धनगढी । राष्ट्रिय जनमोर्चा धनगढी उपमहानगर समितिको भेला सम्पन्न भएको छ । भेलाले डबल बोगटीको नेतृत्वमा १३ सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।

जसको उपाध्यक्ष– जगदिश राना, सचिव– टिकाराम नेपाली, सहसचिव– अन्जना मास्के, कोषाध्यक्ष– रामकिसन राना, सदस्यहरुमाः शिबराज जैशी, मान कुमारी सोब, छोटेलाल राना, मान बहादुर चौधरी, दिनेश आउजी, सोनु कुमार चौधरी, खड्क सिंह चन्द र एक स्थान रिक्त रहेको छ ।

राष्ट्रिय जनमोर्चा कैलाली जिल्ला समिति सचिब जगत प्रसाद जोशी प्रमुख अतिथि रहनु भएको भेलाको अध्यक्षता नगर समितिका जेष्ठ सदस्य चन्द्र बहादुर बिष्टले गर्नुभएको थियो भने सञ्चालन डबल बोगटी र स्वागत टिकाराम नेपालीले गर्नु भएको थियो ।

उक्त भेलालाई अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय कोषाध्यक्ष खड्क राना, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सदस्य बाबुराम आचार्य, अखिल नेपाल महिला संघका जिल्ला उपाध्यक्ष अञ्जना मास्के, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला कोषाध्यक्ष शोभामणी भट्ट लगायतले सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार