वापीमा भव्य भलिवल प्रतियोगिता सम्पन्न

श्रीधर शर्मा
वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय खेल बिभागको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

केन्द्रीय सचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न सो कार्यक्रम अगाडि बढेको थियो । खेलको उद्घाटन मन्तव्यमा पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत प्रवासमा रहेका लाखौं लाख प्रवासी नेपालीहरुको हकहित र उत्थानका लागि संघर्षका साथसाथै नेपाली श्रमजिवी वर्गको चेतनास्तर माथि उठाउन विभिन्न सैद्धान्तिक प्रशिक्षणका साथसाथै खेलकुद र साँस्कृतिक क्षेत्रमा समेत विकास गर्न संगठनले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताउनु भयो । “आज यो खेल, कुनै राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रशिक्षक र लगानीबाट तयार भएका खेलाडीहरु नभई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहल र प्रशिक्षणबाट होटेल, कोठी र कम्पनीका गेटहरुमा काम गर्ने श्रमजिवी नेपालीहरुको टिम हो ।” पौडेलले अगाडि भन्नु भयो– “यसरी होटेल, कोठी र कम्पनीका गेटहरुमा काम गर्ने मजदुरहरु संगठति भएर आफ्नो राष्ट्रप्रति सचेत बन्नु र खेलप्रतिको यसप्रकारको उच्च प्रगतिले मूल प्रवाहको झण्डा थप उचाईमा पुगेको छ ।”


पौडेलले प्रवासी नेपालीहरुको बीचमा यसरी खेलकुद कार्यक्रमको आयोजना गरेर भविष्यमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने दिशा तिर महत्वपूर्ण भूमिका खेलेकोमा आयोजक पश्चिम भारत क्षेत्रीय समितिलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरुलाई प्रवासी नेपालीहरुका हक अधिकार सुनिश्चित गर्नका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डमुनी गोलबन्द हुन समेत आव्हान गर्नु भयो ।

प्रविण सिंह काउछाको सञ्चालन, खेल बिभागका संयोजक कृष्ण कुंवरको अध्यक्षता रहेको सो भलिवल प्रतियोगितामा केन्द्रीय सदस्य गोबिन्द बहादुर थापा, क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्की, केन्द्रीय सल्लाकार सदस्य रमकला काउछा, क्षेत्रीय कोषाध्यक्ष श्रीधर शर्मा, मध्य पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुंवर, रक्तिम केन्द्रीय बिभागबाट बोम सिंजापती र रक्तिम अभियान केन्द्रीय समितिका उषा त्रामुले आतित्थ्यता गर्नुभएको थियो ।


प्रतियोगितामा कुल १३ टिमहरुले खेलमा भाग लिएका थिए । खेलमा तारापुर वि टिम प्रथम, द्वितीय स्थान वापीले हात पारेको थियो । मिरासोल दमनका लालु थापाले उत्कृष्ठ खेलाडीको पुरस्कार प्राप्त गरेका थिए । विजयी खेलाडीहरुलार्य प्रमुख अतिथि प्रेम पौडेल, केन्द्रीय सदस्य गोविन्द बहादुर थापा र क्षेत्रीय खेल विभागका संयोजक कृष्ण कुंवरलेद्वारा पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार