
बिकाश मल्लठकुरी
भिवानी, २० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत महिला बिभागको चौथो बार्षिक भेला भव्य र सानदार रूपमा सम्पन्न भएको छ ।
हस्तु देबि विकको अध्यक्ष्तामा र कमला परियारको सञ्चालनमा सहिदप्रति १ मिनेट मौनधारणा राख्दै कार्यक्रम अगाडि बढेको थियो ।
भेलामा केन्द्रीय सदस्य तथा पश्चिमत्तोर क्षेत्रीयका अध्यक्ष सालिकराम आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय परिषद् सदस्य मनिराम अधिकारी, क्षेत्रीय सदस्य गोवर्धन सुनार, क्षेत्रीय सल्लाहकार सदस्य डिल बहादुर भट्टराई, क्षेत्रीय समता बिभागका अशोक सुनार, क्षेत्रीय महिला बिभाग सदस्य उर्मिला कोपिला, नगर अध्यक्ष मोहन सिंह विक, विद्यानगर टोलबाट धन बहादुर सोमै, जगत कोलोनी टोलबाट गोपाल सुनार, बिकासनगर टोलबाट श्याम विक लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

भेलाले उर्मिला कोपिलाको संयोजकमा ३१ सदस्यीय भिवानी महिला नगर बिभाग चयन गरेको छ । जसमा सदस्यहरू क्रमशः हस्तु देबि विक, कमला परियार, अमृता सुनार, नारायणी अर्याल, कमला परियार वि, राधा विक, पार्वती नेपाली, सिमा केसी, साबित्रा जिसि, बिमला जिसि, मिना सोमै, सुनिता रास्कोटी, ज्ञानु मल्लठकुरी, माया सारुमगर, राधा नेपाली, कमला परियार सि, कल्पना जिसि, मौनु परियार, शान्ति देबि नेपाली, अमृता विक, सीता भुसाल, शान्ति विक, तारा नेपाली, सोभा केसी, मिना सोनी, रुक्मा विक, गिता क्षेत्री, गंगा विक, शोभा थापा र दिपा सिंह ठकुरी रहनु भएको छ ।

















