
गंगा कठायत, हैदरावाद
सुन्नु होला दिदीबहिनी सुन्नु होला दाजुभाई
यसपालीको तीजमा स्वागत सबैलाई ।
उठौं जुटौं नारी हो, तीज पनि आइसक्यो
सत्ता र कुर्चीका लालची नेताले देशै खाइसक्यो ।
आधा आकाश आधा धर्ती ओगटेका नारी हौं
देश कै लागि मर्न परे मर्न तयार छौं ।
एक्काईसौं सताब्दीमा पनि छाउपडि प्रथा छ
करिती र कुसँस्कारलाई हटाउन अघि बढ्नु छ ।
छोरीलाई गोठमा राख्छन्, छुन हुन्न भनेर
टाउको ठोकी रुने प्रथा गइन मरेर ।
छोरी पनि छोरा सरह अधिकार किन पाउँदैनन्
सम्पत्तीमा बराबरी हिस्सा लाउँदैनन् ।
नारी नै छन् रेल चलाउने, नारी नै छन् सांसद
नारी नै हुन् यो श्रृष्टिलाई गर्ने उद्पाद ।
यो युग मानि अन्याय र अत्याचार सहेका
संधैभरी हामी नारी पछि परेका ।
भाषण र कुरा गर्छन् नारी पुरूष बराबर
कहाँ पायौँ नारीले सम्मान अधिकार ?
मुक्तिकामी आन्दोलनमा महिला हामी जुटौं
महिला अधिकार पाउनलाई हामी आफै उठौं ।















