फरीदावाद, २४ अगस्त । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समिति अन्तर्गत एन.आई.टी. एरिया समितिमा आएको सूचना अनुसार अजरौदा बस्ने मोहना नेपाली उमेर करिब ३३/३४ वर्ष, नेपाल घर राङरुङ वार्ड नम्बर ९ जिल्ला तनहुँ नेपाल, एक छोरा र छोरी भएकीलाई पानीको टेङकरले हानी निधन भएको र निजलाई बिके हस्पिटलको सवगृहमा पुलिसले राखेको जानकारी प्राप्त भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबादका कार्यकर्ताहरु लगायत मृतकका आफन्तहरू पुलिस चौकीगई जानकारी लिइएको थियो ।
उनलाई पानीको टेंकरले हानेको र पुलिसले उक्त पानी टेंकरलाई आफ्नो नियन्त्रणमा लिइ थुनामा राखेको बताइएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको शसक्त दबाब पछि मृतकको शवको एफ.आई.आर. दर्ज गरिएको थियो । हाम्रो संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दोषीलाई कडा भन्दा कडा सजाय र पीडितका छोरा छोरीलाई उचित क्षतिपुर्तिको मागको गरेको केन्द्रीय परिषद सदस्य विष्नु विसीले हामीलाई जानकारी दिनुभएको छ ।
केन्द्रीय सदस्य बाबुराम बिस्ट, केन्द्रीय पारसद सदस्य बिस्नु बिसी, क्षेत्रीय समितिका सदस्य सुर्य बहादुर क्षेत्री, बाबुराम भुसाल, नगर समितिबाट लोकराज थापा, एनआईटी एरियाबाट घनश्याम भण्डारी, दुर्गा थापा, निमानन्द भुसाल, किसन जिसी, राम भण्डारी र निजका आफन्तजनको रोहबरमा पोष्टमार्टम गराई दाह संस्कार गरिएको छ ।
संझनामा एक मिनट मौनधारण गरी उपस्थित सम्पूणर्ले श्रद्धाञ्जली अर्पण गरिएको थियो । बाबुराम बिष्ट र सुर्य बहादुर क्षेत्रीले शोक मन्तव्यका क्रममा भारत प्रवासमा रहेर पनि हामी सचेत र संगठित हुनु पर्नेमा जोड दिनुभएको थियो ।