फरीदावाद । अमेरिकी साम्राज्यवादले अहिले नेपालमा एमसीसीलाई लागू गर्न लागेको परिवेशमा देशव्यापी रुपमा राष्ट्रिय जनमोर्चाले गरेको विरोध प्रदर्शनप्रति ऐक्यवद्धा जनाउँदै ३० अगस्त २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिले राखेको ‘एमसीसी चाईदैन, देश बेचन’ पाइँदैन भन्ने मूल नाराको सभा सम्पन्न पारिएको छ ।
कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष बाबुराम बिष्टले र सञ्चालन नगर सहसचिव विष्णु बिसीले गर्नु भएको थियो ।
कार्यक्रममा विषेश आतिथ्यता मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष कपिल खनाल, त्यसै गरी केन्द्रीय समितिबाट रमेश चन्द्र क्षेत्री, पश्चिमोत्तर क्षेत्रीय समितिबाट सुर्य बहादुर क्षेत्री, नगर समितिबाट बाबुराम भुसाल, महिला नगर बिभागबाट शान्ता भुसाल, हेवल हेमला एरिया समितिबाट नारायण राना, एनआईटी एरियाबाट कालिदास थापा, वल्लभगढ एरियाबाट तामाराम शर्माले आतित्थ्यिता एवं मन्तव्य दिनुभएको थियो ।
त्यस्तै बिमला महरा, रेशमी पुन, सृजना भाट ज्ञवाली, लोकराज थापाले पनि मन्तव्य राख्नुभएको थियो ।
एमसीसी लागु गर्नको मेन उदेस्य नेपालमा रहेका बहुमूल्य कच्चा पदार्थ, जस्तै युरेनियम, प्राकृतिक गेस तथा प्राकृतिक संसाधनको दोहन गर्नु नै हो । त्यसैले यो अत्यन्तै घातक भएको बताउनु भएको बताहरुले बताउनु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई सकुन्तला थापाले स्वागत गर्नुभएको थियो ।