जयपुरमा एमसीसी विरुद्ध सभा सम्पन्न

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रको जयपुरमा राष्ट्रघाती एमसीसी कार्यान्वयन विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ।

३० अगस्त २०२३ मा सम्पन्न सो विरोध कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य बेलबहादुर रजाली, केन्द्रीय प्रतिनिधि रिन राना, हुमा रजाली, परिषद सदस्य दीपा थापा, क्षेत्रीय सदस्य नारायण ज्ञवालीले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

त्यसक्रममा वक्ताहरुले एमसीसी आर्थिक सहयोग नभई इन्डोप्यासिफिक रणनीतिकै अंग भएकोले नेपालको राष्ट्रियतामाथि गम्भीर खतरा हुने बताउनु भयो। उहाँहरुले आफ्नो मातृभुमिलाई माया गर्ने सच्चा देशभक्त नेपालीले यस्तो राष्ट्रघाती समझौतालाई कुनै पनि हालतमा कार्यान्वयन हुन दिनु हुन्न भन्नु भयो।

कार्यक्रममा मूल प्रवाह जयपुर उत्तरबाट मंगल सिंह खड्का, दिलबहादुर कुमाल, दक्षिणबाट दीपक थापा, सोमबहादुर थापा, हुमबहादुर सारु, महिला विभाग जयपुर दक्षिणबाट बिना थापाले पनि एमसीसी कार्यान्वयन हुनबाट रोक्नु पर्ने धारणा राख्नु भयो।
नगर अध्यक्ष ओम थापाको अध्यक्षतामा तथा टंक थापाको सञ्चालनमा सम्पन्न भएको सो विरोध कार्यक्रम स्वागत रामप्रकाश शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार