वापिमा एमसीसीको बिरोधमा सभा सम्पन्न

निखिल रावत

वापी । मूल प्रवाह अखील भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापि पश्चिम, वापि पुर्व, दमन र सिलवासा नगर समितिको संयुक्त आयोजनामा एमसीसी विरुद्ध सभा सम्पन्न पारिएको छ ।

‘एमसीसी चाहिंदैन, देश बेच्न पाईदैन’ भन्ने मुल नाराको साथ वापिमा सम्पन्न भएको सो बिरोध सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिनुभएको थियो ।

त्यस्तै केन्द्रीय समिति सदस्य गोविन्द थापा, रमकला काउछा, श्रीधर शर्मा, कृष्ण कुंवर, पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष बाबुराम दहित, महिला बिभाग केन्द्रीय सदस्य बिना काउछाले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता दमन नगर समिति अध्यक्ष सेर बहादुर बिकले, सञ्चालन निखिल रावतले र स्वागत मन्तव्य वापि पस्चिम नगर सचिव देवेन्द्र रावलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार