एमसीसी कार्यन्वयन विरुद्ध भिवानीमा सभा सम्पन्न

विकाश मल्लठकुरी
भिवानी, ३० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको आयोजनामा राष्ट्रघाती एमसीसी विरुद्ध भिवानीमा विरोध कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष सालिकराम आचार्यले प्रमुख अथितीको आसनबाट सम्बोधन गर्नुभएको थियो । आचार्यले नेपाल रहेमा मात्रै नेपाली रहने बताउनु भयो । राष्ट्र नै नरहे पछि राष्ट्रियता स्वतः समाप्त हुने आचार्यको भनाई थियो ।
त्यस्तै केन्द्रीय परिषद सदस्य मनिराम अधिकारी, क्षेत्रीय सल्लाहकार सदस्य डिल बहादुर भट्टराई, क्षेत्रीय महिला बिभाग सदस्य हस्तु देबि बिक, क्षेत्रीय समात बिभाग सदस्य अशोक सुनारले मन्तव्य दिनुभएको थियो ।
त्यस्तै नगर समिति सल्लाहकार सदस्य बिमला जिसि, नगर महिला बिभाग सयोजक उर्मिला कोपिला, विद्या नगर टोलबाट सुरेन्द्र सिंह ठकुरी, बिकास नगर टोलबाट श्याम बिक, जगत कोलोनी टोलबाट प्रेम बहादुर सुर्यवंसी, नगर सम्पादक बिकास मल्लठकुरीले पनि मन्तव्य दिनुभएको थियो ।
नगर समितिका संस्थापक सदस्य बिबि कोपिलाको अध्यक्षता र नगर सचीव भिम रायमाझीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई नगर सदस्य मान बहादुर रायमाझीले शब्दबाट स्वागत गर्नुभएको थियोे ।
सहभागिहरुले राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै नारा समेत लगाईएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार