धर्म सुनार प्युठानी
रोहतक, ३० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा एमसीसीको विरोधमा विरोध प्रदर्शन भएको छ ।
नगर समितिका अध्यक्ष सुभाष गौतमको अध्यक्षता र नगर सचिव बलबहादुर विकको सञ्चालनमा सुरुभएको कार्यक्रममा क्षेत्रीय सदस्य रेशम विक, नेपाली एकता सम्वाददाता धर्म सुनार, सिटी एरिया अध्यक्ष विक्की परियार, महिला संयोजक सिता परियार, नगर सदस्य गणेश शर्मा, टाम बहादुर परियार, गणेश गौतम, आदर्श नगर टोल समितिका अध्यक्ष बोबी पन्थी र लक्ष्मी मल्लले अतिथि आसन ग्रहण गर्नुभएको थियो।
संसारका चिर परिचित शहिदहरुप्रति एक मिनेटको मौनधारण पछि उपस्थित सम्पूणर्लाई जनसमुदायलाई मिना गौतमले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै धर्म सुनार प्युठानी र क्षेत्रीय सदस्य रेशम विकले एमसीसी सम्झौताको दस्तावेज बिस्तारमा प्रस्ट्याउँदै नेपाल र नेपाली जनताको माथि खतराको बादल मडारिएको बताउनुभएको थियो । त्यस्तै अन्य अतिथिहरुले पनि आ-आफ्ना बिचार राख्नुभएको थियो ।
एमसीसी चाहिंदैन, देश बेच्न पाईदैन । गो ब्याक एमसीसी, गो ब्याक अमेरिका जस्ता अमेरिकी साम्राज्यवाद विरुद्धको नाराका चर्काइएको थियो ।