मूल प्रवाह आगराद्वारा एमसीसीको विरुद्ध प्रदर्शन

राजकमल दत्त

आगरा, ३० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, आगराले विरोध सभा सम्पन्न गरेको छ । नगर अध्यक्ष मिठ्ठु केसीको अध्यक्षताबाट अगाडि बढेको सो विरोध सभामा केन्द्रीय समितिका सदस्य धु्रव शाह, केन्द्रीय परिषद सदस्य राम बहादुर केसी, महिला विभाग अध्यक्षा देवी शाह, नगर सदस्य कालूराम उदाले आदिले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा देबेन्द्र शाही, रमेश चंद चौहान, पूरन परियार, ओम प्रकाश, लीला शाही, कमला घर्ती, मंजू देवी, शांता परियार, सुखराम, दीननाथ थापा, कमला शाही लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव लाखन परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार