सितगंगा २ मा बाल संगठन निर्माण

अर्घाआँची । राष्ट्रिय जनमोर्चा यतिवेला देशव्यापी संगठन निर्माण, सदस्यता वितरण अभियानमा लागेको छ । यसै परिवेशमा अर्घाखाँचीका विभिन्न नगरपालिका तथा गाउँपालीकाहरुमा समेत राजमोले सदस्यता वितरण तथा संगठन निर्माण अभियानमा लागेको हो । जिल्लाको दक्षिणी भेगमा अवस्थित सितगंगा नगरपालिका अन्तर्गत सितापुरमा अखिल नेपाल बाल संगठन निर्माण गरिएको छ ।
कमला विसीको अध्यक्षता तथा राजमो केन्द्रीय समितिका शेरबहादुर विसी, यमलाल पोखरेल र मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालको विशेष उपस्थितिमा सम्पन्न भेलाले मेलिना क्षेत्रीको अध्यक्षतामा सो बाल संगठन निर्माण गरिएको हो । जसमाः सचिव– कौशिला खड्का, कोषाध्यक्ष– सरमिला क्षेत्री, सदस्यहरु क्रमशः बसन्त खड्का, किसमत क्षेत्री,  कृष्टि क्षेत्री, करिना क्षेी, करण क्षेत्रीय, मनोज क्षेत्री, आकृति खड्का र प्रकृति खड्का रहेका छन् ।
त्यसैगरि झिररामा हेमन्त क्षेत्रीको अध्यक्षतामा १३ पूर्ण ३ सल्लाहकार गरि १६ सदस्यीय बालसंगठन निर्माण गरिएको छ । जसमाः उपाध्यक्ष– अस्मिता विसी, सचिव– सुनिल दर्जी, सहसचिव– बन्दना परियार, कोषाध्यक्ष– विनोद क्षेत्री, सदस्यहरु क्रमशः विराज जिसी, मिलन परियार, फूलमायाँ परियार, लक्ष्मण पन्थी, करिना क्षेत्री, श्रृष्टि क्षेत्री, गिता बन्जाडे र संदिपा क्षेत्री रहनु भएको छ । त्यस्तै सल्लाहकारमा विकास अधिकारी, विपिन अधिकारी र नमुना क्षेत्रीलाई चयन गरियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार