- जुना भन्डारी चालीसे
विकृती र विसंगती हटाउने चाहाना।
दुईहजार असी तीजको शुभकामना ।।
संघीयता जरैबाट फाल्नु पर्छ दाजुभाई ।
प्रवासमा मताधिकार चाहियो हामीलाई ।।
लेख्छौ गीत देशको लागी मनमा चीन्ता भएको ।
भष्ट्राचारले गर्दा देश पछि गएको ।।
संघीयता एमसीसी पास गर्यौ मीलेर ।
विदेशीको गुलाम बन्छौ बिलो लीएर ।।
लीपुलेक कालापानी लाउदा आंखा भारतले।
टुलुटुलु हेरीराछौ बिलो पाकाले ।।
लीपुलेक कालापानी हाम्रै लीम्पीया धुरा ।
भ्रष्ट्राचार मा बिकेका छौ तीम्रा के कुरा ।।
ईतिहासमा नाम लेखाउने गर नेता देशको काम ।
पुस्तौलाई कमाउदा भयौ बदनाम ।।
देश बचाउने अभीयानमा सडकमा झरीयो ।
देशको रक्षा गर्ने हाम्रो पार्टि परीयो ।।
कुकुरलाई हड्डी जस्तै तिम्लाई डलर परो मन ।
विदेसीको ईशारामा नाच्छौ तिमी झन ।।
प्यारो देशको अस्मीता लाई बचाउन पर्ने हो ।
डलरमा बिकी सक्यौ कसो गर्नै हो ।।
नभएका शब्दहरू कागजमा कोरेनौ ।
ठुलो पार्टि हेर्छौ जनता छबी हेरे नौ ।।
नागरिकता विधायक खारेज गरौ हामीले ।
साम्राज्यवादी एजेन्टलाई भगाउ सबैले ।।
नेपालमा जनमोर्चा भारतमा मुल प्रवाह ।
संगठित हौ साथी एक बनौ अब ।।
राष्ट्रियता जोगाउन उठाउ मसाल कलम ।
यो गीतलाई सुनी दिनु लाल सलाम ।।