आगरामा हरितालिका तीज भव्यताको साथ सम्पन्न

राजकमल दत्त
आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति, आगरा एवं नगर महिला विभागको संयुक्त आयोजनमा १८ सप्टेम्बर सोमवारको महिला दिदी-बैनीहरुको महान चाड हरितालिका तीज भव्यताको साथमा सम्पन्न हुन गएको छ ।
कार्यक्रमको अध्यक्षता महिला नगर विभागकी संयोजक देवी शाहले र सञ्चालन लाखन परियारले गर्नुभएको थियो । भने कार्यक्रममा सहभागिहरुलाई प्रकाश शर्माले मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अथिति रहनु भएका केन्द्रीय समिति सदस्य ध्रुव शाहले विधिवत उद्घाटन गर्नुभएको थियो ।
नगर अध्यक्ष मिठ्ठु केसी, समाजका संस्थापक अध्यक्ष पूरन चन्द सोनी, केन्द्रीय परिषद सदस्य राम बहादुर केसी, सत्यन्द्र दसौदी, नगर उपाध्यक्ष प्रताप सिंह पाण्डे, नगर उपसचिव  राजकमल दत्त, नगर सदस्य कालूराम उदाले, संस्थापक सदस्य श्री  भूपेन्द्र सिंह गहतराज र नगर कोषाध्यक्ष दीननाथ थापाको लगायतले आतित्थ्यता एवं शुभकामना दिनुभएको थियो ।
त्यस्तै विजय वर्मा (पुलिस विभाग), तिलक जंग पाण्डे (शिक्षा विभाग), सुखराम जी, श्याम विक, कजीमान सिंह, राजेन्द्र सिंह, कमल सिंह, ललित, लुत्र बहादुर सेराल, गोपाल सुनार, गौरब बीसी, शान्ति देवी आदिको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
अन्तमा संघीयता र एम.सी.सी.को विरुद्ध नारा बुलन्द गर्दै अत्यन्त अनुशासन र सौहार्दपूणर् वातावरणमा भव्यरूपले कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार