करनालमा मूल प्रवाहद्धारा भव्य तीजि कार्यक्रम सम्पन्न

करनाल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर महिला विभागको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम १८ सेप्टेम्बर २०२३ सम्पन्न भएको छ ।

मान सिंह जिसिको सञ्चालन र फूलमाया जिसीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा शहिदहरुको सम्झनामा १ मिनेट मौनधारण पश्चात् मीना बस्नेतले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य विक्रम सिंह राणाले मोमबत्ती बालेर तिज कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो उद्घाटन सम्बोधनमा नेपाली दिदीबहिनीको स्वतन्त्र दिनको रुपमा वेदना पोख्ने अवसर रहेको बताउनु भयो । प्रदेशमा रहेर पनि एकता समाजको झण्डा मुनी संगठित भएर आमूल परिवर्तनको मार्गमा निरन्तर लागिरहेको नेपालमा हुने परिवर्तनकारी आन्दोलनमा प्रत्यक्ष सहभागी संघीयता, एमसीसी र राष्ट्रघाति नागरिकता विधेयक खारेजिको निरन्तर आन्दोलन गरिरहेको इतिहास छ । राष्ट्र र राष्ट्रियताको रक्षाका लागि निरन्तर जनस्तरबाट आन्दोलनको आवश्यकता रहेको र तेश्रो जनान्दोलनद्वारा राष्ट्रघाति, जनघाति र भ्रष्टाचारीहरुलाई कार्वाही गर्नु पर्ने समय आएको बताउनु भयो ।

नगर अध्यक्ष राम बहादुर नेपालीले महिला मुक्तिको लागि स्वयं महिला संघर्षमा उत्रनु पर्ने छ । कार्यक्रममा नेपाली महिलाहरुको सहभागिता बहुसंख्यक थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार