बिकाश मल्लठकुरी
भिवानी, १९ सेप्टेम्बर । “गणतन्त्र र राष्ट्रियता रक्षा गरौँ, संघीयता र एमसीसी खारेज गरौँ” भन्ने मूल नाराका साथ मूल प्रवाह नगर महिला बिभाग भिवानीको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम भब्य र सान्दार रूपमा सम्पन्न गरेको छ ।
मूल प्रवाह क्षेत्रीय सदस्य गोवर्धन सुनारको प्रमुख अथिती र मौमबत्ती जलाई शब्दबाट कार्यक्रम उद्घाटन गर्नुभएको थियोे । अथितिहरु क्षेत्रीय सल्लाहकार सदस्य डिल बहादुर भट्टराई, नगर संस्थापक सदस्य बिबि कोपिला, अखिल नेपाल महिला संघ रुपेन्देही सैनामैना नगर समिति कि उपाध्यक्ष मिना भट्टराई, नगर समिति भिवानीका उपाध्यक्ष मनिराम अधिकारीले आतित्थ्यता गर्नुभएको थियो ।
सहिदहरुप्रती एक मिनेट मौनधारणा पश्चात उपस्थित महिला दिदिबहिनीहरुलाई हस्तु देबि बिकलेशब्द र नगर महिला बिभागले गितबाट स्वागत गर्नु भएको थियोे ।
उर्मिला कोपिलाको अध्यक्षता र कमला परियारको सञ्चालनमा अगाडि बढेको उक्ता तीजि कार्यक्रममा मौलिक तिज गित गाएर महिला दिदिबहिनीहरुले सामुहिक नृत्य प्रस्तुत गर्नु भएको थियोे ।