भोपाल, २४ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपालको आयोजनामा मूल प्रवाह केन्द्रीय समिति सदस्य तथा मध्य उत्तर भारत क्षेत्रीय समितिका उपाध्यक्ष्य स्मृतीशेष लाल बहादुर क्षेत्रीको संझनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
वहाँको विगत दिनांक १३ सितम्बर २०२३ का दिन स्वदेश नेपाल, मध्य विन्दु नगरपालीका वाड नः ४ सुन्दरी नगर नवलपरासीस्थित आफ्नै निवास स्थानमा ६९ वर्ष को उमेरमा असयामिक हृदयघातको कारण निधन भएको थियो । शोक सभा कार्यक्रमको सञ्चालन अर्जुन जीएमले र अध्यक्ष्यता रमेश रानाले गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभामा मूल प्रवाह केन्द्रिय समितिका सदस्य ताल बहादुर खड्का, जनसम्पर्क समितिबाट लोकमणि घिमिरे, जनकल्याण संघबाट डोलराज भण्डारी, लगायत जगन्नाथ पौडेल, लिलामणि पाण्डेले आतित्थ्यता गर्नुभएको थियो ।
कार्यक्रममा ताल बहादुर खड्काद्वारा स्वर्गीय लाल बहादुर क्षेत्रीको फोटोमा अविर तथा माल्यापणर् गरि दिया जलाएर श्रद्धाञ्जली अर्पित गर्नु भएको थियो । वहाँको सम्झनामा सबै सहभागिहरुले १ मिनेट मौनधारण गर्नु भएको थियो । सहभागिहरुले स्मृतिशेष लाल बहादुर क्षेत्रीको फोटामा अबिर तथा पुष्पले श्रद्धाञ्जली अर्पित गर्नु भएको थियो ।
स्मृतीशेष लाल बहादुर क्षेत्रीको जीवनी बारे र संगठनमा वहाँले दिएको बिशेष योगदानप्रति ताल बहादुर खड्काले प्रष्ट्याउनु भएको थियो । साथै वहाँको दुखद निधनले गर्दा सिंगो मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई धेरै क्षेती पुगेको बताउनु भएको थियो ।
अन्त्यमा अन्य उपस्थित अतिथिहरुले पनि स्मृतीशेष लाल बहादुर क्षेत्रीप्रति वहाँको ब्यबहार तथा समाजप्रति दिएको योगदानको महत्वकोबारेमा आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।