
खलङ्गा । प्युठानको झिमरुकमा अखिल नेपाल महिला सङ्घको पालिका समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ । २०८० असोज १२ गते शुक्रबार पालिका केन्द्र मच्छीमा सो सम्मेलन सम्पन्न भएको हो । महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष पद्मा पण्डित ब्यानर पढेर उद्घाटन गर्नुभएको उक्त सम्मेलनको विशिष्ट अतिथि सङ्घकै केन्द्रीय सचिव तारा जिसी हुनुहुन्थ्यो ।
कार्यक्रममा नेकपा (मसाल) का लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, राजमो लुम्बिनी प्रदेश सल्लाहकार वासुदेव पोख्रेल, जातीय समता समाज प्युठानका सचिव खिमबहादुर विक, साउदी अरब नेपाली एकता समाजका महासचिव हरिप्रसाद शर्मा, राजमो प्युठानका कोषाध्यक्ष तथा पालिका समितिका अध्यक्ष टीका जिसी र महिला सङ्घ केन्द्रीय पार्षद तथा गौमुखी पालिका सचिव तारा पुरीले पनि सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य भरत ढकाल, ३ नं. वडाध्यक्ष मीनबहादुर खत्री र ४ नं. वडाध्यक्ष सीताराम पोख्रेलको पनि आतिथ्य रहेको थियोे । सम्मेलनले शकुन्तला जिसीको अध्यक्षतामा १३ पूर्ण चार वैकल्पिक र सल्लाहकारसहित नयाँ समिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्ष खिमा श्रेष्ठ, सचिवमा तुलसा केसी, सहसचिवमा मन्जु एमसी र कोषाध्यक्षमा पशुपति ज्ञवाली रहनुभएको छ । त्यस्तै, सदस्यहरूमा बसन्ता जिसी, सङ्गिता परियार, राधा जिसी, बसन्ता विक, दिलमाया पोख्रेल, कृष्णा विक, राधा पर्छाई, कल्पना जिसी, कमला बस्नेत, सीमा विक, रमा परियार, केशरा पोख्रेल र अन्जना घर्तीमगर रहनुभएको छ ।
सम्मेलनले कविता जिसी, पार्वता खड्का, गोमा विक, इन्दु सुनार, कमला रिजाल, दीपा रिजाल, बिना विक र गिता महतारालाई सल्लाहकार रहनुभएको छ । नवनिर्वाचित समितिलाई राजमो केन्द्रीय सदस्य नारायण जिसीले बधाई दिनुभएको थियोे ।
कार्यक्रमको अध्यक्षता अध्यक्ष बसन्ता जिसीले र सञ्चालन सचिव तुलसा केसीले र स्वागत बसन्ता केसीले गर्नुभएको थियो। सम्मेलनपूर्व राष्ट्रिय जनमोर्चा झिमरुकको पार्टी सम्पर्क कार्यालयबाट निस्केको महिला जुलुस विभिन्न गगनभेदी नारासहित बजार परिक्रमा पछि क्याम्पस हलमा पुगी उद्घाटन समारोहमा परिणत भएको थियोे ।
















