गुजरातमा सडक दूर्घटनामा एक नेपालीको मृत्यु

निखिल रावत

वापी । नेपाल घर कैलाली जिल्ला टिकापुर नगरपालिका वडा नं ५ निवासी प्रदेशु चौधरीको छोरा बर्ष ३४ को रमेश चौधरीको गुजरात वापिमा सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

रमेश चौधरी बिगत एक बर्षदेखि परिवार संगै वापिको कोलीवाडामा बस्दै आएका थिए । उनी वापि जिआई डिसिमा फुटपाथमा चियाको ठेलामा काम गर्दै आएका थिए ।

दिनांक २ अक्टुबर २०२३ का दिन बिहान करिब ९ बजेको समयमा चियाको सामान लिन किराना स्टोर तिर जाँदैगर्दा तेज गतिमा आयको ट्रकले ठक्कर दिंदा घाईतेभएका रमेश चौधरीलाई ठेला मालिक र आफन्तले अस्पताल पुर्याएका थिए । अस्पतालमा पुर्याइ जाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।

घटना बारे थाहा पाउन साथ मूल प्रवाह अखील भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य गोविंद थापा, पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष बाबुराम दहित, पश्चिम भारत क्षेत्रीय सदस्य तथा वापि पश्चिम नगर समिति अध्यक्ष निखिल रावत सहितको प्रतिनिधि मण्डल अस्पतालमा पुगेको यियो ।

प्रतिनिधि मण्डलले अस्पतालले रमेश चौधरीको मृत्यु भैसकेको जानकारी गराएको थियो । तत्पश्चात वापि जिआई डिसि पुलिस चौकी पुगेर एफआईआर गरिएको थियो । साथै रमेश चौधरीको काम गर्ने ठेला मालीकसँग बुझ्दा सामान्य फुटपाथको ब्यापारी भएकोले किरीया खर्च बापत चालिस हजार नगद र दाहासंस्कार खर्च दिने भएको छ । बाँकि क्षतिपूर्ति ट्रक वालासँग लिनका लागि कानुनी संघर्ष गर्ने गोविन्द सिंह थापाले हामीलाई जानकारी दिनुभएको छ ।

संगठनको पहलमा रमेश चौधरीको वापिको नाम्दा सम्मसान दाहासंस्कार गरिएको छ । दाहासंस्कारमा केन्द्रीय सदस्य गोविंद थापा, रमकला काउछा, क्षेत्रीय ससचिव हरी काउछा, क्षेत्रीय सदस्य प्रविन काउछा, निखिल रावत, गन बहादुर राना, विना काउछा, बाबु राम दहित र रमेश चौधरीका आफन्तहरुको समेत उपस्थिति रहेको थियो ।

मृतक रमेशको संझनामा एक मिनेट मौनधारण पछि किरीया खर्चको लागि सम्पूणर् दाजुभाईहरूले आफ्नो इच्छा अनुसार सहयोग गर्नुभएको थियो । उठेको उक्त ४ हजार ९०० रूपयाँ मृतक रमेश चौधरीका भाई उमेश चौधरीमा हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार