भिवानी नगर समितिको भेला सम्पन्न

विकाश मल्लठकुरी

भिवानी, १६ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीले आर्थिक अभियान २०८० लाई सफल पार्न तथा प्रगतिशील भैलो २०२३ को सफलताका लागि ब्यावस्थापक समिति गठन गरि शालिकराम आचार्यको इन्चार्जमा १५ सदस्यको टिम बनाउँदै आम भेला सम्पन्न गरिएको छ ।

भिम बहादुर रायमाझीको अध्यक्षता र भुप बहादुर थापाको सञ्चालनमा कार्यक्रम अगाडि बडेको थियोे । मूल प्रवाह केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष -शालिकराम आचार्यको प्रमुख अथिती आसन ग्रहण गर्नु भएको थियोे । अन्य अथितिहरुमा मुल प्रवाह क्षेत्रीय सदस्य गोर्वधन बि.क. क्षेत्रीय सल्लाहकार सदस्य डिल बहादुर भट्टराई, क्षेत्रीय समता बिभाग सदस्य अशोक सुनार र नगर उपाध्यक्ष मनिराम अधिकारी रहनु भएको थियोे ।

ज्ञात अज्ञात सहिदप्रति एक मिनेट मौनधारणा पछि नगर सदस्य कमला परियार (द्य) ले उपस्थिति जनमानसलाई शब्दबाट स्वागत मन्तव्य दिनुभएको थियो ।

अथिती ग्रहणहरुबाट आ-आफ्ना बिचार धारणा राख्दै नेपाल सरकारले कालापानी, लिपुलेख र लिपियाधुरा आफ्नो नक्सामा त चुच्चे नक्सा पारिद गर्यो तर कार्यन्वयन गर्न नसकेको बताउँदै नेपाली भु-भागमा भारतीय साम्राज्यवादको हस्ताक्षेप र भारतीय प्रधानमन्त्रीको भ्रमण बारे नेपाल सरकारले ध्यान नदियको भन्दै देश भित्र रा.ज.मोले गरेको बिरोधमा समर्थन रहेको जानकारी दिनुभएको थियोे ।

आर्थिक अभियानमा आफ्नो टोल एरियाबाट सक्दो साथ सपोट नैतिक, भौतिक र आर्थिकका बारेमा सहयोग गर्नु हुन अपिल जायज राख्नु भएको थियोे ॥

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार