मूल प्रवाह एकता समाजद्वारा आर्थिक सहयोग

पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना नगर समिति अन्तर्गत बिमाननगर एरिया समितिको पहलमा नेपाल घर केआईसिङ गाउ“पालिका २, डोटी का दली तिरूवा र आमा सीता तिरूवाको १४ बर्षिय छोरा दीर्क तिरूवाको पुनामा असामयिक निधन भएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना बिमान नगर एरिया समितिका अध्यक्ष कृष्ण अधिकारी, उपाध्यक्ष धन बहादुर बिक, सचिव लक्ष्मण बिक, कोषाध्यक्ष राम बाजी लगायत सबै समितिका सदस्यहरूको पहलमा र केन्द्रीय सदस्य गोविन्द थापाको उपस्थितिमा आर्थिक सहयोग राशी रु २७ हजार नगद मृतकको परिवारलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार