मूल प्रवाहद्धारा आर्थिक सह्योग

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समितिले अलपत्र अवस्थामा पुगेका एक जना वृद्ध र उनकी श्रीमतीलाई आर्थिक सह्योग गरेको छ । नगर समितिले सो आर्थिक चितवन दरेचोक नगरपालिका २, चँपुङ घर भई हाल हरियाणाको खोरीकला नुहुँमा बस्दै आएका कुल बहादुर गुरुङ र उनकी धर्मपत्नी चम्पा देवी गुरुङलाई सह्यो गरेको हो ।

वहाँहरुले आफूहरु वृद्धवृद्धा भइसकेको र अलपत्र अवस्थामा पुगेको गाडि भाडा व्यवस्था मिलाई स्वदेशसम्म पुर्याई दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समितिलाई दिएको निवेदन अनुसार नगर समितिले वहाँहरुको आर्थिक अवस्था निरिक्षण गरि सह्योग गरिएको थियो ।

सो आर्थिक क्षेत्रीय समितिका रामबहादुर थापा, नगर समितिका किशोर राई लगायत नगर समितिका अन्य कार्यकर्ताहरुको सहभागितामा गुरुङ परिवारलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार