भारतका विभिन्न स्थानमा एमसिसि विरुद्ध सभा सम्पन्न

रायगढ ।

१४ फरवरीका दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रायगढ नगर समितिको आयोजनामा राष्ट्रघाती एम.सी.सी.सम्झौताको बिरोधमा नवि मुम्बै न्हावामा बिरोध कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सञ्चालन निलम रहाडीले र अध्यक्षता नगर समितिका अध्यक्ष जितमान सिंजालीले गर्नु भएको थियो । रण बोगटीले स्वागत मन्तव्य दिनुभएको सो बिरोध सभामा प्रमुख अतिथिमा मूल प्रवाह आखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खुम बहादुर पुन र विशेष अतिथि केन्द्रीय सल्लाहकार अनन्त राहाडीले आतित्थ्यता गर्नुभएको थियो । त्यस्तै अतिथिहरुमा मूप्र अभाने एकता समाज क्षेत्रीय सदस्य श्याम त्रामु, नगर उपाध्यक्ष रण बोगटी, नगर सदस्य करन महर, जनजाति बिभागबाट शन्त थापा, महिला बिभागबाट मिना राहाडी, रक्तिम बिभागबाट एमी रानाको उपस्थिति रहेको थियो ।

सम्पुर्ण अतिथिहरुले आआफ्नो मन्तव्य दिनुभएको थियो भने प्रमुख अतिथिहरुले सीमाना अतिक्रमण र राष्ट्रघाती सम्झौता एमसीसीको बारेमा बोल्दै अमेरिकी साम्राज्यवादको साम्राज्यवादी नीति अनुरुप बिश्व भरी फैलिएको यो एमसीसी सम्पुर्ण नेपालका लागि अत्यन्तै राष्ट्रघाती रहेको बताए । नेपालमा पनि अस्मिता र अस्तित्वको लागि खतरा भएको हुनाले यो राष्ट्रघाती संझौता खारेज हुनै पर्नेमा वक्ताहरुको जोड थियो ।

अलिबाग ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अलिबाग नगर समितिको आयोजनामा १५ फरवरीका दिन एमसिसि बिरुद्ध सभा सम्पन्न भएको छ ।

ईश्वर पुनको सञ्चालन तथा मधु पुन अध्यक्षताबाट अगाडि बढेको सो विरोध सभामा केन्द्रीय सदस्य गोबिन्द थापा, खुम बहादुर पुन र अनन्त राहाडीले आतित्थ्यता गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि खिम पल्लीले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गोविन्द थापाले देशका राजनीतिक पार्टीहरु र सत्तासित पार्टीहरुलेको मिलिभगतमा अमेरिकी साम्राज्यवादलाई देश हस्तान्तरण गर्न लागेको बताउनु भयो । एमसिसिको नाममा देश ५५ अरबमा धितो राखेर आफूहरु नतमस्तक भई टुलुटुलु हेर्ने कोशिस हुन लागेकाले सम्पूर्ण देशभक्त जनतान्त्रिक शक्तिहरुले सरकारको गलत क्रियाकलाको भण्डाफोर गर्नु पर्ने आवश्यकता थापाले औंल्याउनु भयो ।

तारापुर ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिको आयोजनामा एमसिसि बिरुद्ध कार्यक्रम सम्पन्न भएको छ । खड्क बहादुर राईको अध्यक्षता र ज्ञान प्रसाद भट्टराईको सञ्चालनबाट सुरु भएको कार्यक्रम केन्द्रीय सदस्य गोबिन्द बहादुर थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । त्यस्तै मध्य पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कु“वर मध्य पश्चिम भारत महिला संयोजक रेनुका कु“वर, तारापुर नगर उपाध्यक्ष लोक मणिमनी पाण्डे मूल प्रवाह तारापुर नगर महिला बिभाग सुनिता पुन, तारापुर नगर बिद्यार्थी बिभाग हरि ॐ पाण्डे अतिथिमा हुनु हुन्थ्यो ।

ज्ञात आज्ञात शहिदहरुप्रती एक मिनेट मौनधारण पछि नगर सदस्य सुमित्रा नेवारले स्वागत मन्तव्य दिनुभएको थियो ।

सबै अतिथीहरुले एमसिसि देशको हितमा नरहेको जानकारी गराउनु भएको थियो । बिकासको नाममा देशलाई धितो राख्न नहुन,े अन्योलमा फसाउन नहुनेमा समेत वक्ताहरुले जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार