अशोक र मिना मूल प्रवाह मै

फरीदावाद । स्वघोषित तथाकथित क्रान्तिकारी संगठन अखिल भारत नेपाली एकता समाजको भ्रममा पारि आफूहरुलाई सदस्यता दिएको प्रति विरोध प्रकट गर्दै अशोक काउछा मगर र मिना काउछा मगरले आफूहरु उक्त संगठनमा नरहेको बताउनु भएको छ ।

वहाँहरुले २९ अक्टुबर २०२३ का दिन संयुक्त रुपमा एक वक्तव्य जारि गरि अखिल भारत नेपाली एकता समाजमा नरहेको बताउनु भएको हो । सोही वक्तव्यमार्फत आफूहरु मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मै रहेको बताउनु भएको छ ।

अशोक काउछा मगर, मिना काउछा मगर र सुरेश थापालाई नगर अध्यक्ष बाबुराम विष्टले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्यता प्रमाण पत्र हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार