पुनामा प्रशिक्षण कार्यक्रम सम्पन्न

पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना नगर समिति अन्तर्गत चाकण एरिया समितिको आयोजनामा १८ फरवरीका दिन केन्द्रीय सदस्य गोविन्द थापाको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको अध्यक्षता भिम बहादुर घर्तीले र सञ्चालन तिलक गाहाले गर्नु भएको थियो ।

गोविन्द थापाले भारत प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आबस्यकता, समाजको भूमिका, प्रवासमा नेपालीहरुको समस्या, राष्ट्रघाती सम्झौता एमसीसीको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार