केन्द्रीय उपाध्यक्ष लामिछाने पितृ शोकमा

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष देव बहादुर लामिछाने पितृ शोकमा पर्नु भएको छ । लामिछानेका बुबा तारा बहादुर लामिछानेको ८३ बर्षको उमेरमा दुःखद निधन भएको हो ।

मोदी गाउँपलीका ६, राम्जातिलार, पर्वतमा मसाल बुढा भनेर पनि चिनिनु हुने तारा बहादुर लामिछानेको ६ फरवरी २०२० तदानुसार २३ माघ २०७६ का दिन आफ्नै निवासमा निधन भएको परिवारिक श्रोतले जनाएको छ । लामिछाने परिवारमा पर्न गएको दुःखप्रति केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले सिंगो संगठनको तर्फदेखि समवेदना प्रकट गर्नुका साथै तारा बहादुर लामिछाने प्रति भावविनी श्रदान्जली प्रकट गर्नुभएको छ ।

त्यस्तै तारा बहादुर लामिछानेप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको तर्फदेखि क्षेत्रीय अध्यक्ष महेन्द्र बस्यालले भावपूर्ण श्रद्धांजली प्रकट गर्दै शोकाकूल परिवार प्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार