एमसिसि विरुद्ध पाण्डेचेरीमा अन्तक्र्रिया सम्पन्न

पाण्डेचेरी, १६ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डीचेरीको आयोजनामा एमसीसीका विरुद्ध अन्तर्कृयात्मक कार्यक्रम सम्पन्न पारिएको छ ।

नगर उपाध्यक्ष नर बहादुर केसीको अध्यक्षता, नगर सचिव गोविन्द शर्माको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य श्रीमति भगवती कुवँर, जनक राज पौडेल, सल्लाकार सदस्य सुर्य थापा, परिषद सदस्य चन्द्रकान्त शर्मा र दक्षिण भारत क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्माले आतित्थ्यता गर्नुभएको थियो ।

शहिदहरुप्रति एक मिनेट मौनधारण पछि नगर सदस्य विष्णु शर्माले उपस्थित जनमानसहरुलाई स्वागत गर्नु भएको थियो ।

एमसीसी विरुद्ध केन्द्रीय सदस्य दक्षिण भारत क्षेत्रीय सचिव साथै नगर अध्यक्ष जनकराज पौडेलले विषय प्रस्तुत गर्नु भएको थियो । परिषद सदस्य चन्द्रकान्त शर्माले कार्यपत्र पस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रहरुमा सुर्य थापा, डिल्ली प्रसाद शर्मा, रवि पौडेलले टिप्पणी गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत कर्ताले उठेका विषयमा स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य भगवति कुवँर, जिममेर एरिया समितिबाट सचिब कृष्ण प्रसाद शर्मा, मुदलियर पेट एरियाबाट सचिव रवि पौडेल, अरोभिल एरिया समितिबाट शुरेस चौधारी, मध्य दक्षिण एरियाबाट अध्यक्ष राजु पौडेल, महिला विभागबाट जमूना शर्मा, जनजाति विभागबाट हरिकला थापा, समता विभागबाट सविता विक लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार