प्रशिक्षण क्लास सम्पन्न

चंडीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ नगर समितिद्वारा संचालित मोहाली एरिया समितिले एरिया स्तरिय विषेश प्रशिक्षण क्लास सम्पन्न गरेको छ ।

एरिया सचिव लिला विकको संचालनमा तथा एरिया अध्यक्ष वालाराम न्यौंपानेको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा अतिथिहरुको अतिथि आशन ग्रहणपछी ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनटको मौनधारण पश्चात डोरबहादुरले स्वागत गर्नुभएको कार्यक्रममा मूल प्रवाहको विधान तथा प्रवासी नेपालीहरुको समसामयिक समस्या बारे केन्द्रीय सदस्य दिनेश खड्काले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार