टोल समिति गठन

हिसार, ०८ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा संचालित सिटि एरिया समिति वि अन्तर्गत अनाजमण्डिमा बिष्णु पोख्रेलको पहलमा एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार तथा नगर सचिव तारा सोमरे, सिटि एरिया वि का अध्यक्ष केहरसिंह घर्ती मगर र महिला नगर सदस्य रिमा बगालेको बिशेष उपस्थितिमा भेला सपन्न भएको छ ।

मूल प्रवाहको विधानको विषयमा व्यापक छलफल पछि उक्त भेलाले विष्णु पोख्रेलको अध्यक्षतामा १७ सदस्यीय टोल समितिको निर्माण गरेको छ । जस्माः उपाध्यक्ष्य– अनिल मगर, सचिव– कमल पोखरेल, कोषाध्यक्ष– प्रित बहादुर र सदस्यहरुमा युवराज गौतम, दुर्गा मगर, निर्मला पोखरेल, रचना, पुजा सुनार, रिता सुवेदी, शिवनारायण सुवेदी, तुल्सीराम गैरे, जानका पोखरेल, प्रकाश, शालिग्राम, होम कुमारी पोखरेल, विष्णु घर्तीमगर रहनु भएको छ ।

नवगठित समितिको तर्फवाट अध्यक्ष विष्णु पोखरेलले सपथ ग्रहण गरेपछी केहरसिंह घर्ती मगर र तारा सोमरेले बधाई तथा शुभकामना दिनुभएको थियो । सो भेला मनबहादुरको सञ्चालनमा तथा विष्णु पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार