“पेमालामा प्रश्नोत्तरमाला” को पाँचौँ संस्करण प्रकाशन

काठमाडौँ । वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंहद्वारा लिखित बहुचर्चित कृति “पेमालामा प्रश्नोत्तरमाला” को पाँचौँ संस्करण प्रकाशन भएको छ ।

यही २०८० मङ्सिर महिनामा युगज्योति प्रकाशन प्रालिले सो पुस्तक प्रकाशन गरेको हो ।

पुस्तक डिमाइ आकारमा ८४ पृष्ठको रहेको छ भने पुस्तकको मूल्य नेरु १५० राखिएको छ ।

पेमालामा र गङ्गाधरलाई समर्पण गरिएको सो पुस्तक १४ विभिन्न उपशीर्षकमा विभाजित छ ।

प्रालिका अनुसार उक्त पुस्तकमा सरल शब्दमा कम्युनिस्ट सिद्धान्त बुझाउनका लागि उपयोगी सावित भइसकेको छ ।

पुस्तक प्राप्त गर्नका लागि प्रालिका व्यवस्थापक मधु क्षेत्री, फोन नम्बर ९८४९४६३५०८ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार