बाटो बिराई नजाउ साथी (कविता)

– जुना भन्डारी चालीसे

सही बाटो हिड्नु पर्छ बाटो बिराई नजानु।
बिचबाटोमा ठेस लाग्ला पीर नमान्नु।।

बाटो हाम्रो अप्ठ्यारो छ चुनौती छन अनेक।
अल्मलीने हैन साथी बाटो छोडेर।।

बाटो बिराई हिडे पछी मील्दैन मान सम्मान।
लखेटेर लखेटिएका हौ भन्दै नभन।।

तिमीलाई था छ यहा अनुशासन कडा छ।
निती नियम मानतो के पोख्छौ भढास।।

हिजो संगै भएका साथी आज पनि संगै हौ।
बाटो बिराई नजाउ साथी फर्क एतै आउ।।

मुल घरमै फर्क साथी केही अबेर भा छैन।
तेता पनि टिक्छौ कि जस्तो मलाई ला छैन।।

जहा गएनी निती नियम मान्नु पर्छ था होला।
मुल घर छोडी जानेलाई फेरी पछुतो होला।।

पाईदैन धन सम्पती पाईदैन गद्धी सीट।
विचार अनी सिद्धांत छ नी साथी हाम्रो ठिक ।।

के पुगेन र विद्रोह गर्यौ यति राम्रो घरमा।
अझै पनि ढिला भएको छैन फर्क मुल घरमा।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार