मूल प्रवाहद्धारा दाहसंस्कार

धर्म सुनार प्युठानी
रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिले शहरको पुरानो आइटिआई ग्राउन्डमा भेटिएको नेपालीको शवको सनाखत पछि दाहासंस्कार गरेको छ । उनी स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं १० करेनडांडा घर निवासी रहेको जानकारी खुलेको छ । रेसमलाल अर्याल (राजु) को २ दिसम्बरका दिन पुरानो आईटिआई ग्राउन्डमा शव प्रशासनले भेटाएको थियो ।

शव भेटिएको खबर पाए लगत्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकका अध्यक्ष सुभाष गौतम, सदस्य गणेश शर्मा, बिक्की परियार, धर्म सुनार प्युठानी, खेमबहादुर कुमाल लगायत अन्य साथीहरुले घटना स्थलमा पुगी जानकारी लिएका थिए ।

तत्तपश्चात पुलिस प्रशासनलाई हत्यारालाई तुरुन्त गिरफ्तारीको माग गरिएको थियो । रेसमलालका भाई बिष्णु अर्याल र भतिजा चुरामणी अर्याल नेपालबाट आएपछि आईतबार उनको रोहतक पिजिआईमा पोष्टमार्टम गरि मूल प्रवाहका कार्यकर्ताहरुको सहयोगमा दाहासंस्कार गरिएको हो ।

रेसमलालको हत्या गरेको आरोपमा उनकै दुइजाना साथीहरूलाई पुलिसले गिरफ्तार गरेको छ । भाई बिष्णु अर्यालका अनुसार रेसमलाल अर्याल (राजु) को उमेर ३४ बर्ष बुबाको नाम कलाधर अर्याल स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं १० करेनडांडा निवासी हुन् । उहाँ लामो समयदेखि रोहतकमा बसी होटल रेस्टुरेन्टमा काम गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार