कोरोनाले विश्वव्यापी आर्थिक वृद्धि प्रभावित हुन सक्ने

वासिङटन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्न सक्ने बताएको छ । तीव्र र द्रुतदरमा झरेको आर्थिक वृद्धि दर कोरोनाको सङ्क्रमणको प्रभावबाट थप समस्या आउने आइएमएफले उल्लेख गरेको हो ।

दुबईमा विश्व महिला मञ्चमा सहभागी हुन पुगेका आइएमएफका व्यवस्थापन निर्देशक क्रिस्तिालिना जर्जिएभाले भनेका छन्– ‘आर्थिक वृद्धिदरमा कटौती हुन सक्ने यो दर करिब ०.१देखि ०.२ प्रतिशतको अवस्थामा हुने तत्कालको अनुमान छ ।’ करिब एक हजार ६ सय व्यक्तिको ज्यान लिइसकेको कोभिड–१९ ले विश्व अर्थतन्त्रमा कति प्रभावित पार्ने छ, अहिल्यै पूर्ण अनुमान गरिहाल्न सकिने अवस्था भने नभएको उनको तर्क थियो । जर्जिएभाले भनेका छन्– ‘म सबैसँग अनुरोध गर्छु कि अहिल्यै निष्कर्षमा नजाऔँ । अनिश्चितता अझै बाँकी छ । हामी परिदृश्यसँगै काम गर्छौं, अनुमानका भरमा मात्रै होइन । आगामी १० दिनमा मलाई सोध्नुहोस्, यसबारे स्वाभाविक नतिजा भन्न सकौँला ।’

आइएमएफको जनवरीको प्रक्षेपणमा २०२० का लागि आर्थिक वृद्धिदरको पूर्व अनुमानलाई सच्याउँदै ३.४ प्रतिशतको वृद्धिदरलाई ३.३ प्रतिशतमा झारेको थियो । २०१९ मा आर्थिक वृद्धिदर २.९ प्रतिशत कायम भएपछि आइएमएफले आफ्नो अनुमानलाई पुनरावलोकन गरेको थियो । विश्व अर्थतन्त्रमा यस दशककै सबैभन्दा कम वृद्धिदर २०१९ मा कायम भएको थियो । महामारीको पूर्ण प्रभावको आ“कलन गर्न ‘धेरै चाँडो’ भएको तर यसले पर्यटन र यातायातजस्ता क्षेत्रलाई प्रभावित गरिसकेको जर्जियाभाले स्वीकार गरे । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार